• २०८३ जेष्ठ १७ | Sun, 31 May 2026

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सभापति थापाले दिनुभएको राजीनामा प्रस्तुत

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सभापति थापाले दिनुभएको राजीनामा प्रस्तुत

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आज बस्यो ।

उपसभापति शर्माले सभापति गगनकुमार थापाले दिनुभएको राजीनामा बैठकमा प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी उहाँले ‘प्रतिनिधि सभा निर्वाचन —०८२, नेपाली कांग्रेसको प्रारम्भिक समीक्षा’ प्रस्तुत गर्नुभयो । महामन्त्री गुरुराज घिमिरेले बैठकको प्रारम्भमा प्रस्तावहरु प्रस्तुत गर्नुभएको थियो ।

आजको बैठकमा सहमहामन्त्री फरमूल्लाह मन्सुर, केन्द्रीय सदस्यहरु— अर्जुनप्रसाद जोशी, भरतकुमार शाह, धना खतिवडा, सुधिरकुमार शिवाकोटी, सुवासकुमार पोखरेल, कमलप्रसाद भुसाल, जीतनारायण श्रेष्ठ, रमेशप्रसाद धमला, लीलादेवी बोखिम लिम्बू, भरतबहादुर खड्का, जनकराज गिरी, देवप्रसाद तिमिल्सिना, शम्भुबहादुर बुढाथोकी, टेकराज पौडेल, केशवराज शर्मा आचार्य, नारायणप्रसाद भट्टराई, डा. अमिता प्रधान, उमा शिवाकोटी, इन्दिरा कार्की, विश्वनाथ रिजाल, सुनिलकुमार यादव, प्रदेश सभापतिहरु— उद्धव थापा (कोशी) र अमरसिंह पुन (लुम्बिनी) ले आ—आफ्नो धारणा राख्नुभएको थियो ।

छलफलको क्रम जारी रहेको छ । भोलि चैत्र ७ गते इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व ‘ईद–उल–फित्र’ परेकोले केन्द्रीय कार्यसमितिको बैठक २०८२ चैत्र ८ गते आइतबार बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने का.वा. मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र ६, शुक्रबार १४:३३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP