• २०८३ श्रावण १२ | Tue, 28 Jul 2026

२०८२ साल चैत ११ गते बुधबारः यस्ताे छ आजकाे राशिफल

२०८२ साल चैत ११ गते बुधबारः यस्ताे छ आजकाे राशिफल

काठमाडौँ । आज २०८२ साल चैत ११ गते बुधबार चैत शुक्ल पक्षको सप्तमी तिथी । तदनुसार सन् २०२६ मार्च २५ तारिख । यस्ताे छ आजको राशिफलः

मेष : दिन सामान्य छ । सानो कुराले व्यवहारमा झन्झट बढ्नेछ । सामाजिक क्षेत्रमा विवाद हुने जोखिम छ।

वृष : सोचेर गरेको लगानीबाट नाफा हुनेछ । स्वास्थ्यमा सुधारका लागि खानपानमा विशेष ध्यान दिनुपर्नेछ । साथीको सहयोगले तपाईंको काम बन्नेछ ।

मिथुन : नियमित कामबाट मन शान्त बन्नेछ। साथीभाइले सहयोग गर्नेछन् । व्यवहारिक पक्षमा सचेत बन्नु राम्रो हुनेछ ।

कर्कट : आफन्तले भन्दा साथीभाइले दुःखमा साथ दिनेछन् । रोगबाट मुक्त हुन खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह : तपाईंको बोलीको प्रभावले राम्रो काम बन्नेछ । मनमा कुरा नराख्नु राम्रो हुनेछ । प्राविधिक शिक्षामा गरेको प्रयासबाट प्रगति हुनेछ ।

कन्या : संकटमा परिवारले साथ दिनेछन् । सञ्चित धन महत्त्वपूर्ण काममा उपयोग हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

तुला : साथीभाइको सहयोग प्राप्त हुनेछ । परिवारको भावनालाई कदर गर्न नसक्दा खटपटी आउनसक्छ । राजनीति संगठनमा सेवाको अवसर मिल्नेछ ।

वृश्चिक : राजनीतिक संगठनमा अरुले गरेको गल्तीको भारी तपाईंले बोक्नुपर्ने बाध्यता आइपर्न सक्छ । स्वदेशी लगानीभन्दा विदेशको लगानीबाट मन शान्त बन्नेछ ।

धनु : महत्त्वपूर्ण कामका लागि स्वास्थ्यले साथ दिनेछ । बिहानै पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ ।

मकर : एकल निर्णयभन्दा साथीभाइको सहयोगले अगाडि बढ्नुपर्ने दिन छ । स्वदेशमा भन्दा विदेशमा तपाईंको नाम र दाम रहनेछ । साथीभाइसँग व्यवहार गर्दा सचेत बन्नुपर्नेछ ।

कुम्भ : महत्त्वपूर्ण काम बन्नेछ । सामूहिक निर्णयमा अगाडि बढेमा फाइदा हुने योग छ। शिक्षामा प्रगति हुनेछ । गणेशको भजन सुन्न सकेमा दिन सहज बन्नेछ ।

मीन : लगानी गर्नु भन्दा पनि भएको सम्पत्ति जोगाउने प्रयास गर्नुपर्नेछ । परिवार र साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर हुनेछ ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र ११, बुधबार ०१:०८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP