काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
बिहीबार बिहानदेखि लागू हुने गरी मूल्य बढाएको हो। पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ बृद्धि भएको छ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर ७६ रुपैयाँ र डिजेलमा १४३ रुपैयाँ बढेर आएको छ।
यसले गर्दा १५ दिनमा १५ अर्ब रुपैयाँ घाटामा जाने निगमले जनाएको छ।
हरेक महिना १ र १५ तारिखमा मूल्य समायोजन गर्ने गरेको निगमले आज २५ तारिखमै नयाँ मूल्य जारी गरेको छ ।
जस अनुसार अब पेट्रोलको मूल्य १८७ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६७ रुपैयाँ कायम भएको निगमले जनाएको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको निगमले प्रष्ट पारेको छ।

प्रतिक्रिया