• २०८३ असार ३१ | Wed, 15 Jul 2026

पेट्रोलियम पदार्थको मूल्य पुनः बृद्धि, पेट्रोलकाे मूल्य हालसम्मकै उच्च

पेट्रोलियम पदार्थको मूल्य पुनः बृद्धि, पेट्रोलकाे मूल्य हालसम्मकै उच्च

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । पेट्रोल र डिजेलमा समान १५ रुपैयाँले बृद्धि गरिएको निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्यबृद्धिको कारण देखाउँदै पेट्रोलियम पदार्थको मूल्य बढाइएको हो । निगम सञ्चालक समितिको चैत १९ गतेको निर्णयअनुसार गए राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरिएको छ ।

नयाँ मूल्यअनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ तथा डिजेल र मट्टितेल १८२ रुपैयाँ पुगेको छ । पेट्राेलकाे याे मूल्य हालसम्मकै उच्च हाे । यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा १९९ सम्म पुगेकाे थियाे । निगमले मध्यपूर्वको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर बढ्दा पाक्षिकरुपमा करिब १३ अर्ब २१ करोड घाटा भएको जनाएको छ ।

मूल्य बढाउँदा पनि घाटा
नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ प्रतिलिटर १५ रुपैयाँले बढाए पनि अझै ठूलो घाटा व्यहोरिरहेको जनाएको छ । मूल्य बढाउँदा पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँ ३६ पैसा र डिजेलमा १२० रुपैयाँ ५४ पैसा घाटा रहेको छ ।

निगमका अनुसार खाना पकाउने एलपी ग्यासमा पनि प्रतिसिलिन्डर ४१६ रुपैयाँ ३७ पैसा घाटा छ। पछिल्लो मूल्य समायोजनपछि पनि निगमलाई पाक्षिक (१५ दिनमा) रूपमा अझै ११ अर्ब ७१ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको निगमले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको निगमले जनाएको छ । सोही कारण इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पछिल्लो पटक प्राप्त खरिद मूल्य निकै बढेर आएको निगमले जनाएको छ ।

ग्यासमा ४१६ रुपैयाँ घाटा भए पनि निगमले बढाएन मूल्य
निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाए पनि खाना पकाउने एलपी ग्यासको मूल्य भने बढाएको छैन । प्रतिसिलिन्डर ४१६ रुपैयाँभन्दा बढी घाटा हुँदाहुँदै पनि निगमले आम उपभोक्तालाई राहत दिन ग्यासको मूल्य यथावत् राखेको जनाएको छ ।

निगमद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार इन्डियन आयल कर्पोरेसनबाट बढेर आएको नयाँ खरिद मूल्यअनुसार निगमलाई ग्यासमा प्रतिसिलिन्डर ४१६ रुपैयाँ ३७ पैसा घाटा छ । तर सञ्चालक समितिले चैत २० गतेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य मात्र समायोजन गरेको छ ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र २०, शुक्रबार ००:२४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP