• २०८३ असार ३१ | Wed, 15 Jul 2026

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा साेमबार सुनकाे मूल्य घटेको छ । आज प्रतितोला ४०० ले मूल्य घटेको हो । आइतबार २०० ले मूल्य बढेको थियाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ९६ हजार ७०० कायम भएको छ ।

गत हप्ता आइतबार मूल्य स्थिर रहेकाे थियाे । साेमबार प्रतितोला २ हजार ६०० ले मूल्य घट्याे भने मंगलबार ४०० ले मूल्य बढेको थियाे । बुधबार प्रतितोला ७ हजार २०० ले मूल्य बढेको थियाे । बिहीबार ४ हजार ३०० ले मूल्य घटेको थियाे भने शुक्रबार २ हजार २०० ले मूल्य बढेको थियाे ।

यता आज चाँदीकाे मूल्य पनि घटेको छ । आज ७५ रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य ४ हजार ९००  रुपैंयाँ कायम भएको छ ।

गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र ३०, सोमबार ०४:५८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP