• २०८३ असार ३१ | Wed, 15 Jul 2026

कर्जा तथा बीमामा कृषकको पहुँच बढाउन बैङ्क, बीमा कम्पनी तथा कृषकहरुसँग अन्तर्क्रिया

कर्जा तथा बीमामा कृषकको पहुँच बढाउन बैङ्क, बीमा कम्पनी तथा कृषकहरुसँग अन्तर्क्रिया

धुलिखेल । कर्जा तथा बीमामा कृषकको पहुँच बढाउन बैङ्क, बीमा कम्पनी तथा कृषकहरुसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालय धुलिखेलकाे आयोजनामा बिहीबार कार्यक्रम भएकाे हाे ।

जिल्ला समन्वय समिति, काभ्रेका प्रमुख दिपककुमार गौतमको प्रमुख आतिथ्यता तथा कृषि विकास कार्यालयका प्रमुख कुलप्रसाद दवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काभ्रे र सिन्धुपाल्चोक जिल्लामा कृषि बीमाको अवस्था, समस्या र चुनौतीहरुको विषयमा छलफल भएकाे थियाे ।

साथै कृषि बीमाको प्रक्रिया र नीतिगत ब्यवस्थाहरुको बारेमा कृषि बिभाग, बीमा शाखाका कृषि बीमा फोकल ब्यक्ति बागवानी विकास अधिकृत रितेशकुमार झा, कृषि कर्जा तथा ऋणसम्बन्धी ब्यवस्था तथा प्रवाहको अवस्थाका बारेमा कृषि विकास बैङ्क, धुलिखेल कर्जा शाखामा कार्यरत बिनोद रिजाल र निक्षेप तथा कर्जा सुरक्षण कोष टंगाल, काठमाडौंका विक्रान्त आचार्यले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा प्रस्तुतिपछि सामुहिक अन्तर्क्रिया कार्यक्रम पनि राखिएको थियो । जसमा विभिन्न स्थानीय तहहरुबाट उपस्थित कृषि शाखा प्रमुख तथा व्यवसायिक कृषक प्रतिनिधिहरुले जिज्ञासासहितका धारणाहरु राख्नुभएको थियो । ती प्रश्नहरुकाे सम्बन्धित विज्ञहरुले जवाफ दिनुभयाे ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख ३, बिहीबार १५:१८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP