• २०८३ असार ३१ | Wed, 15 Jul 2026

पेट्रोल र डिजेलको मूल्य सामान्य घट्यो, ग्यासकाे ह्वात्तै बढ्याे (मूल्यसूचीसहित)

पेट्रोल र डिजेलको मूल्य सामान्य घट्यो, ग्यासकाे ह्वात्तै बढ्याे (मूल्यसूचीसहित)

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले बिहीबार एक सूचना जारी गर्दै शुक्रबारदेखि लागू हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा १२ रुपैयाँले घटाएको हो ।

नयाँ मूल्य अनुसार अब पहिलो वर्गका क्षेत्रमा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा र डिजेल–मट्टितेलको मूल्य २२२.५० रुपैयाँ कायम भएको छ । यस्तै तेस्राे वर्गका क्षेत्रमा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २१७ रुपैयाँ र डिजेल–मट्टितेलको मूल्य २२५ रुपैयाँ कायम भएको छ ।

निगमले हवाई इन्धन र खाना पकाउने एल.पी. ग्यासको मूल्य भने ह्वात्तै बढाएको छ । हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर ७ रुपैयाँले वृद्धि हुँदा अन्तर्राष्ट्रियतर्फ काठमाडाैँकाे लागि प्रति किलाेलिटर अमेरिकि डलर ४६ बढाइएकाे छ ।

यता एल.पी. ग्यासमा प्रति सिलिन्डर १५० रुपैयाँले बढेको छ । समायोजनपछि अब पूरा सिलिन्डर खाना पकाउने ग्यासको मूल्य २१६० रुपैयाँ पुगेको निगमले जनाएकाे छ । याे मूल्य समायाेजनपछि पनि निगमलाई पाक्षिकरुपमा १ अर्ब ८१ कराेड घाटा रहेकाे विज्ञप्तिमा उल्लेख छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख १७, बिहीबार २३:५८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP