• २०८३ असार ३२ | Thu, 16 Jul 2026

रोशी खोलामा फसेका ८९ जना यात्रुको सकुशल उद्धार

रोशी खोलामा फसेका ८९ जना यात्रुको सकुशल उद्धार

काभ्रे । साेमबार दिउँसाे अविरल वर्षापछि रोशी खोलामा आएकाे बाढीमा फसेका यात्रुहरूकाे सुरक्षित र सकुशल उद्धार गरिएकाे छ ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरी तथा ट्राफिक प्रहरीबाट खटिएको प्रहरी टोलीहरूले साेमबार साँझदेखि थालेकाे प्रयासले उनीहरूकाे उद्धार गरिएकाे हाे ।

‘मिति २०८३ वैशाख २१ गते साँझदेखि अविरल परेको वर्षाका कारण रोशी खोलाको बहाव बढ्न गई उक्त खोलाको बीच भागमा फसेका पाँचवटा माइक्रोबसका ८९ जना यात्रुहरूलाई अन्य सुरक्षा निकायहरू समेतको सहभागितामा वैशाख २२ गते बिहान ०१:०० बजे उद्धार कार्य सम्पन्न गरी निज यात्रुहरूलाई सुरक्षितरुपमा गन्तव्यसम्म पठाइयो।’ जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख काेमल शाहले बताउनुभयाे ।

बाढीबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरीबाट खटिएको प्रहरी टोलीहरूले सुरक्षित स्थानमा रोक्दा रोक्दै लापरवाहीपूर्ण तरिकाले यात्रुहरूको जिउधनलाई समेत खतरा पुर्‍याई सवारी चलाउने उक्त ५ वटा माइक्रोबसका पाँच जना चालकहरुलाई समेत नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कार्यपलाञ्चोकको हिरासतमा राखी आवश्यक अनुसन्धान कार्य भइरहेको उहाँले जानकारी दिनुभयाे ।

बर्षातको समयमा बीपी राजमार्ग भई यात्रा गर्दा जहिले पनि सूचना वा पूर्वजानकारी लिएर र प्रहरीको सुझावलाई समेत आत्मसात गरी यात्रा गर्नुहुन जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले सबैलाई अनुरोध गरेकाे छ ।

तस्बीरहरूः जिल्ला प्रहरी कार्यालय, काभ्रे



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख २२, मंगलवार ००:२८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP