• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट थप ११ जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट थप ११ जना पक्राउ

चितवन । भरतपुर महानगरपालिका-९ स्थित काँडाघारी टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेटसहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-९ बस्ने २५ वर्षीय पुजन दराई, सोही महानगरपालिका-२७ बस्ने २६ वर्षीय प्रबेश गुरूङ र २९ वर्षीय सन्तोष गुरूङ रहेका छन् । प्रहरी चौकी गोन्द्राङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौँडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ सय मिलिग्रामसहित सोही ठाउँ डेरा गरी बस्ने पर्सा घर भएका २६ वर्षीय नैनुदिन अन्सारीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङ, पथरीशनिश्चरे नगरपालिका-४ मिलन चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ८६ ट्याब्लेट र स्पास्पेन ६ सय ट्याब्लेटसहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बस्ने २७ वर्षीय बासुदेब खड्का र २५ वर्षीय दुर्गाबहादुर खड्का रहेका छन् । इलाका प्रहरी कार्यालय पथरी समेतबाट खटिएको प्रहरीले बा.९७ प ६०७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही नगरपालिका-४ बस्ने २२ वर्षीय निकेस माझीसँग खरिद गरेको भन्ने खुल्नआएपछि निकेसलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

ताप्लेजुङ, फुङलिङ नगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्रामसहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने २० वर्षीय ज्ञानेन्द्र लिम्बु, २० वर्षीय यमराज लिम्बु र २० वर्षीय जगत श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले यमराजको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

बारा, निजगढ नगरपालिका-११ रतनपुरबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ५ किलो ४ सय १० ग्रामसहित पर्सा वीरगंज महानगरपालिका-१८ बस्ने २० वर्षीय धर्मराज रामलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले डम्बरपुरबाट तामागढीतर्फ आउँदै गरेको प्र.२-०३-०१६ प ३९६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख २४, बिहीबार १७:१४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP