• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आजकाे माैसमः चार प्रदेशमा चट्याङ्गसहित वर्षा हुन सक्ने

आजकाे माैसमः चार प्रदेशमा चट्याङ्गसहित वर्षा हुन सक्ने

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको जनाएको छ । जसले गर्दा हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्नेछ ।

बाँकी भागमा आंशिक बादल लागिरहेको छ । बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा पनि भइरहेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू, मधेस प्रदेश लगायत बाँकी हिमाली र पहाडी भागका थोरै स्थानहरूमा तथा बाँकी तराईका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ ।

साथै सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका केही जिल्लाहरूमा हावाहुरी, असिना र चट्याङ्गको पनि सम्भावना छ। राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्नेछ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख ३०, बुधबार ०६:३६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP