काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनकाे मूल्य बढेकाे छ । आज प्रतितोला ३०० ले मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख २ हजार ५०० कायम भएको छ ।
याे हप्ता आइतबार १ हजारले मूल्य घटेको थियाे भने साेमबार ४०० ले मूल्य घट्याे । मंगलबार ४ हजार ४०० ले मूल्य बढेको थियाे । बुधबार ७०० ले मूल्य घटेको थियाे ।
गत हप्ता आइतबार प्रतितोला एक हजारले मूल्य घटेको थियाे भने साेमबार ३०० ले मूल्य घटेको थियाे । मंगलबार ३ हजार ८०० ले मूल्य घट्याे ।
बुधबार भने ५ हजार ८०० ले मूल्य बढेको थियाे । बिहीबार १ हजार ८०० ले मूल्य बढ्याे । शुक्रबार पनि १ हजार ३०० ले मूल्य बढेको थियाे ।
यता आज चाँदीकाे मूल्य पनि बढेको छ । ३५ रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य ५ हजार ७४५ रुपैंयाँ कायम भएको छ ।
गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।
प्रतिक्रिया