• २०८३ असार ३१ | Wed, 15 Jul 2026

नमोबुद्ध नगरपालिकामा कृषि यन्त्र उपकरण मर्मतसम्बन्धी तालिम सम्पन्न

नमोबुद्ध नगरपालिकामा कृषि यन्त्र उपकरण मर्मतसम्बन्धी तालिम सम्पन्न

भकुण्डेवेँसी । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका कृषि विकास शाखाको आयोजनामा सञ्चालन गरिएको कृषि यन्त्र उपकरण मर्मतसम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीका अनुसार गत जेठ ११ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको उक्त तालिममा १३ जना सहभागीहरूको सक्रिय सहभागिता रहेको थियो ।

तालिमका क्रममा सहभागीहरूलाई कृषि यन्त्र तथा उपकरणहरूको प्रभावकारी सञ्चालन, सुरक्षित प्रयोग, नियमित मर्मतसम्भार तथा सामान्य प्राविधिक समस्याको समाधानसम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गरिएको थियो । कृषि क्षेत्रमा प्रयोग हुने विभिन्न उपकरणको आयु बढाउन तथा सञ्चालन खर्च घटाउन यस्ता तालिम उपयोगी हुने विश्वास नगरपालिकाले लिएको छ ।

तालिमबाट प्राप्त ज्ञान र सीपले सहभागीहरूलाई कृषि यन्त्र उपकरणको मर्मतसम्भारमा आत्मनिर्भर बन्न सहयोग पुग्ने तथा कृषि उत्पादनशीलता अभिवृद्धिमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

नगरपालिकाले कृषक तथा कृषि क्षेत्रमा संलग्न युवाहरूको क्षमता अभिवृद्धिका लागि आगामी दिनमा पनि यस्ता सीपमूलक तथा व्यावसायिक तालिम कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ २०, बुधबार ०७:५८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP