• २०८३ जेष्ठ २९ | Fri, 12 Jun 2026

मन्त्रिपरिषद्‌ पुनर्गठन : सुधन गुरुङ दाेस्राे पटक बने गृहमन्त्री, महावीर पुन पनि सरकारमा

मन्त्रिपरिषद्‌ पुनर्गठन : सुधन गुरुङ दाेस्राे पटक बने गृहमन्त्री, महावीर पुन पनि सरकारमा

काठमाडौँ । बालेन शाह नेतृत्वको सरकारमा मन्त्रिपरिषद्‌ पुनर्गठन भएकाे छ । सुधन गुरुङ दोस्रो पटक मन्त्री बनेका छन् । पुनः गृह मन्त्रालयकाे जिम्मेवारी पाएका उनकाे मन्त्रिपरिषदमा पाँचाैँ वरीयता कायम भएकाे छ । उनीभन्दा माथि डा. स्वर्णिम वाग्ले, शिशिर खनाल र विराजभक्त श्रेष्ठको वरीयता छ ।

यस्तै स्वतन्त्र सांसद रहेका महावीर पुन पनि सरकारमा गएका छन् । उनले विज्ञान प्रविधि मन्त्रालयकाे जिम्मेवारी पाएका छन् । उनकाे वरीयता भने आठाैँ नम्बरमा रहेको छ । यस्तै वरीयताको पुछारमा श्रममन्त्री रामजी यादव रहेका छन् ।

आजै राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उनीहरूले  राष्ट्रपति रामचन्द्र पाैडेलसमक्ष  नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका राष्ट्रपतिकाे कार्यालयले जनाएकाे छ ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधिश डा मनोज कुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, सांसदहरू, राजनीतिक दलका प्रमुख एवम प्रतिनिधिलगायतको उपस्थिति थियो ।

 

 



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ २६, मंगलवार १८:५०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP