• २०८३ असार ३१ | Wed, 15 Jul 2026

विवेकशील साझा पार्टीले गर्यो राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने निर्णय

विवेकशील साझा पार्टीले गर्यो राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने निर्णय

काठमाडाैँ । विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने निर्णय गरेको छ।

पार्टीको आज जारी केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारको बैकल्पिक राजनीतिक दलबीचको ‘बृहत्तर ध्रुबिकरण/ एकीकरण प्रस्ताव’लाई सर्वसम्मत अनुमोदन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने निर्णयलाई पारित गरिएको हो।

‘वैकल्पिक राजनीतिक शक्तिको अपरिहार्यताको महसुस भइरहेको बेला नवयुवाहरुको आन्दोलन ‘जेनजी विद्रोह’ले विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको एकीकरणलाई तिब्रत्तर बनाईदियो, निर्वाचनमा पहिलो शक्ति भएर नेपाली जनताको विकास, संबृद्धि र सुशासनको उत्कट चाहनालाई परिणाममुखी बनाउने राजकीय दायित्वलाई सफल बनाउने प्रतिबद्धताका साथ एकीकरण गरिएको हो, यसले राष्ट्रिय सन्देश दिन्छ’, संयोजक एवं उपाध्यक्ष परियारको टिप्पणी छ।

पार्टी एकीकरणका अन्य प्राविधिक सवालहरु दुवै दलका नेतृत्वहरुको उच्च समझदारीको जगमा चाँडै सहमतिमा टुंग्याइने उनले बताउनुभयाे । आगामी आइतबार राष्ट्रिय सभागृहमा घोषणा कार्यक्रम हुनेछ।

पार्टीका संस्थापक स्व.उज्वल थापाको योगदान र ‘विवेकशील आन्दोलन’लाई लिपीबद्ध गर्ने र प्रतिनिधि सभा निर्वाचनलाई परिणाममुखी बनाउने मुख्य बुँदामा दुई दलबीच एकीकरण भएको हो।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर १०, बुधबार १२:५६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP