सिन्धुपाल्चाेक । बलेफी गाउँपालिकाले पालिकास्तरीय पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्दै खोप कार्यक्रमलाई अझ प्रभावकारी र दिगो बनाउने प्रतिबद्धता गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा आयोजित कार्यक्रममा गाँउपालिका अध्यक्ष गंगाबहादुर तामाङको अध्यक्षता रहेकाे थियाे भने गाँउपालिका उपाध्यक्ष सरु लामाको प्रमुख आतिथ्य रहेको थियाे । प्रमुख प्रशासकीय अधिकृत होमबहादुर राउत, जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाई, वडा अध्यक्षहरु छबिलाल नेउपाने, रितेश तामाङ र तेजबहादुर पराजुली लगायतले शुभकामना मन्तव्य राख्नुभयो ।
कार्यक्रममा मन्तव्य राख्नु हुँदै गाउँपालिका अध्यक्ष तामाङ तथा उपाध्यक्ष लामाले खोप लगायत स्वास्थ्य क्षेत्रमा लगानी बढाउने, महिला स्वास्थ्य स्वयंसेवी लागयत स्वास्थ्यकर्मीको भूमिका अहम रहेको बताउदै उहाँहरु प्रति आभार प्रकट गर्नुभयो । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख चेतन घिमिरेले पूर्णखोप अभियानको प्रगति र उपलब्धिबारे जानकारी गराउनुभएको थियो ।
त्रिपुरासुन्दरी पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
त्रिपुरासुन्दरी गाउँपालिकाले पनि पालिकास्तरीय पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्दै खोप कार्यक्रमलाई अझ प्रभावकारी र दिगो बनाउने प्रतिबद्धता गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा आयोजित कार्यक्रम गाँउपालिका अध्यक्ष भक्तध्वज बोहराको अध्यक्षता, गाँउपालिका उपाध्यक्ष गिताकुमारी नेपालको आतिथ्यमा सम्पन्न भएको हो ।
प्रमुख प्रशासकीय अधिकृत सुनिल नेपाली, जनस्वास्थ्य कार्यालयका प्रतिनिधि, निसान सापकोटा, वडा अध्यक्षहरु सिताराम थापा, रमेश राउत, शिवकुमार कार्की, टेकबहादुर गुभाजु, यादप श्रेष्ठ र रमेश बोहरा लगायतले शुभकामना मन्तव्य राख्नुभयो ।
कार्यक्रममा मन्तव्य राख्नु हुँदै गाउँपालिका अध्यक्ष बोहरा तथा उपाध्यक्ष नेपालले खोप लगायत स्वास्थ्य क्षेत्रमा लगानी बढाउने, महिला स्वास्थ्य स्वयंसेवीलगायत स्वास्थ्यकर्मीको भूमिका अहम रहेको बताउँदै उहाँहरु प्रति आभार प्रकट गर्नुभयो । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख चन्द्रनारायण साहले पूर्णखोप अभियानको प्रगति र उपलब्धिबारे जानकारी गराउनुभएको थियो ।
प्रतिक्रिया