• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आजकाे मौसमः देशका विभिन्न भागमा वर्षा, सतर्कता अपनाउन आग्रह

आजकाे मौसमः देशका विभिन्न भागमा वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । हाल नेपालको उपल्लो वायुमण्डलमा विकसित पश्चिमी न्यूनचापीय रेखा र स्थानीय वायुको दोहोरो प्रभाव परेको छ । यसकै कारण आज देशका धेरैजसो स्थानमा मौसम बदली हुनुका साथै वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो बुलेटिनअनुसार यतिबेला गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा मौसम सामान्यतया बदली छ । तराईका जिल्लाहरूमा आंशिक बदली रहेको छ । अहिले कोशी, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो पनि कोशी, मधेस र बागमती प्रदेशसहित देशका अधिकांश पहाडी र हिमाली भेगमा मौसम बदली नै रहनेछ । यस अवधिमा कोशी र मधेश प्रदेशका साथै पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमस्तरको पानी पर्ने अनुमान गरिएको छ । यस्तै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै ठाउँमा पनि वर्षाको सम्भावना रहेको छ ।

रातिको समयमा समेत कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा मौसम सामान्यतया बदली रहने पूर्वानुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुनेछ । मधेश प्रदेशसहित बागमती र गण्डकीका तराई क्षेत्र र उच्च हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने मौसमविद्ले बताएका छन् ।

देशभर मेघगर्जन, चट्याङ, वर्षा र उच्च भेगमा हिमपातको सम्भावना रहेकाले यसबाट हवाई तथा सडक यातायात, कृषि प्रणाली र दैनिक जनजीवनमा सामान्य असर पर्न सक्ने भन्दै महाशाखाले सबैलाई आवश्यक सतर्कता र पूर्वसावधानी अपनाउन अपिल गरेको छ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ २९, शुक्रबार ०६:४९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP