काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परिसर बुधबार चलचित्रप्रेमीहरूको उत्साहले भरिएको थियो । कारण थियो, ‘हिमालय रिम चलचित्र प्रदर्शनी २०२६’ को शुभारम्भ ।
दुई दिने प्रदर्शनीमा प्रस्तुत गरिएका चिनियाँ चलचित्र केवल मनोरञ्जनका साधन मात्र होइनन्, तिनले आधुनिक प्रविधि, एनिमेसन कला र चिनियाँ सांस्कृतिक परम्पराको झलक पनि दिएका छन् ।
विशेषगरी मार्सल आट्स र करातेको पृष्ठभूमिमा निर्माण गरिएका चलचित्रले दर्शकलाई नयाँ अनुभव दिने विश्वास गरिएको छ ।कार्यक्रममा चीनबाटै अनलाइनमार्फत जोडिएका कलाकारहरूले चलचित्र निर्माणका अनुभव सुनाएका थिए । उनीहरूले कला र प्रविधिको संयोजनले विश्व चलचित्र उद्योगलाई नयाँ दिशातर्फ अघि बढाइरहेको बताए ।
आयोजकका अनुसार प्रदर्शनीले नेपाल र चीनबीच चलचित्र क्षेत्रको सहकार्यलाई अझ बलियो बनाउनेछ । काठमाडौँपछि पोखरामा समेत यस्ता चलचित्र प्रदर्शन गरिने योजना रहेको छ ।
प्रतिक्रिया