पनाैती । काभ्रेकाे पनाैती नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ९६ करोड ९५ लाख ७५ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।
प्रस्तुत बजेटमध्ये पूँजीगततर्फ रु. १ अर्ब ४ करोड ६८ लाख ४२ हजार अर्थात ५३.१५ प्रतिशत तथा चालुतर्फ रु. ९२ करोड २७ लाख ३३ हजार अर्थात ४६.८५ प्रतिशत विनियोजन गरिएको छ ।
नगर सभामा नगरप्रमुख रामशरण भण्डारीले असार ५ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । बुधबार भने उपप्रमुख गीता बञ्जाराले बजेट प्रस्तुत गर्नुभएको थियो ।
जसकाे स्राेत आन्तरिक आयबाट ४० कराेड ९७ लाख, राजश्व बाँडफाँडबाट २१ कराेड ८३ लाख २७ हजार सरकारकाे संघीय वितिय हस्तान्तरणबाट ५२ कराेड ६९ लाख, वितिय समानीकरण अनुदानबाट १४ कराेड ४७ लाख, सशर्त अनुदानबाट ३५ कराेड २४ लाख, विशेष अनुदानबाट २ कराेड लगायत छन् ।
कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सुशासन, दिगो विकास, प्रभावकारी सेवा प्रवाह तथा समृद्ध पनाैती निर्माणको प्रतिबद्धतासहित नगर सभा २०८३ सफलतापूर्वक सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया