• २०८३ असार ३० | Tue, 14 Jul 2026

लामाे समयदेखि वर्षा नहुँदा मण्डनदेउपुरका किसानले महादेवकाे पूजा गर्दै पानी मागे

लामाे समयदेखि वर्षा नहुँदा मण्डनदेउपुरका किसानले महादेवकाे पूजा गर्दै पानी मागे

मण्डनदेउपुर । लामो समयदेखि वर्षा नभएर बालीनाली सुक्न थालेपछि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० का किसानहरूले शुक्रबार मण्डन क्षेत्रकै सबैभन्दा अग्लो थानडाँडा (थामीडाँडा) स्थित महादेव मन्दिरमा विशेष पूजा गर्दै वर्षाको कामना गरेका छन् ।

विगतमा वर्षा नहुँदा यस क्षेत्रमा यस्तो परम्परा प्रचलनमा रहे पनि पछिल्ला केही वर्षदेखि यो चलन कम देखिएको थियो । यसपटक भने जोगिटारका सयौँ किसान करिब दुई घण्टाको उकालो यात्रा पार गर्दै मन्दिर पुगेका थिए ।

स्थानीयका अनुसार जेठको अन्तिम साता परेको वर्षापछि असारको मध्यसम्म पनि पानी नपर्दा धान रोपाइँ सुरु हुन सकेको छैन । मकैलगायत तरकारी बालीसमेत सुक्न थालेपछि किसानहरू चिन्तित बनेका छन्  ।

जोगिटारका स्थानीय प्रकाश नेपालका अनुसार मण्डनदेउपुरका अधिकांश क्षेत्र, पाँचखाल, कुन्ताबेँसी तथा सिन्धुपाल्चोकका मेलम्ची र इन्द्रावतीलगायतका स्थानमा अत्यधिक गर्मी र खडेरीले जनजीवन तथा कृषि उत्पादन दुवै प्रभावित भएको छ ।

कृषि उत्पादन घट्ने चिन्ताका बीच किसानहरूले “हर हर महादेव, पानी देऊ, देऊ” भन्दै महादेवको पूजा–आराधना गरी वर्षाको कामना गरेका हुन् । स्थानीयका अनुसार यसरी पूजा गरी पानी मागेपछि वर्षा हुने जनविश्वास रहिआएको छ ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला

तस्बीरः प्रकाश नेपाल



कालोटोपी कालोटोपी    
  • २०८३ असार १३, शनिबार ०८:३६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP