• २०८३ असार ३० | Tue, 14 Jul 2026

नमोबुद्ध क्षेत्र विकास समिति गठन, अध्यक्षमा शंखबुद्ध लामाः समितिकाे पहिलो बैठक सम्पन्न

नमोबुद्ध क्षेत्र विकास समिति गठन, अध्यक्षमा शंखबुद्ध लामाः समितिकाे पहिलो बैठक सम्पन्न

नमोबुद्ध, काभ्रे । नमोबुद्ध क्षेत्र विकास समिति गठन भएकाे छ । २०८२ साल माघ १५ गतेकाे प्रदेश राजपत्रमा नमोबुद्ध क्षेत्र विकास समिति गठनकाे आदेश भए बमाेजिम शंखबुद्ध लामाको अध्यक्षतामा समिति गठन भएकाे हाे ।

काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध, पनौती र धुलिखेल नगरपालिकाको सीमानामा अवस्थित धार्मिक तथा पर्यटकीय क्षेत्र नमोबुद्धको संरक्षण, सम्बर्धन तथा राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा पहिचान अभिबृद्धि तथा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेशले समिति गठनको आदेश दिएकाे थियाे । धार्मिक, ऐतिहासिक, सांस्कृतिक, सामाजिक, आर्थिक, पुरातात्विक तथा प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण नमोबुद्ध क्षेत्रको विकास समितिको अध्यक्षमा केही दिन अघि बागमती प्रदेश सरकारले लामालाई नियुक्त गरेकोे थियो ।

यसैबीच विकास समितिको पहिलाे बैठक बुधबार बसेको छ । समितिका संस्थापक अध्यक्ष शंखबुद्ध लामाको अध्यक्षतामा पहिलो बैठक सम्पन्न भएको हाे । उक्त बैठकले बिभिन्न ८ वटा निर्णय गरेकाे छ । बैठकले नमोबुद्ध क्षेत्र विकास समितिको गठन आदेश २०८२ को केही दफा, उपदफामा छलफल गरी संशोधन गर्ने निर्णय गरेको छ । त्यसरी नै कार्यालयको अस्थायी व्यवस्थापन, कार्यकारी निर्देशकको नियुक्तिको लागि पदपूर्ति समिति गठन, बैंक खाता सञ्चालन, समितिको वेवसाईट निर्माण गर्ने, समितिको कार्य सञ्चालनका लागि ऐन, नियम निर्माण गर्ने, तीनै तहका सरकारसमक्ष बजेट माग गर्ने र समितिको छाप र लोगाे निर्माण लगायतका निर्णय भएको हाे ।

बैठकमा सल्लाहकारहरु नमोबुद्ध नगरपालिकाका नगरप्रमुख कुन्साङ लामा, पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारी, ठंगुटाशी छ्योईलिङ्ग गुम्बाका उपाध्यक्ष आचार्य कर्म फुर्पु शेर्पा लगायतको उपस्थिती थियाे ।

समितिका सदस्यहरु जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङ, नमोबुद्ध नगरपालिका वडा नं. १ का वडाध्यक्ष प्रेम लामा, वडा नं. ११ का वडाध्यक्ष कृष्णबहादुर लामा, जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रतिनिधि र स्थानीय बुद्धिजीवि लगायतको उपस्थिती थियाे । बैठकको माइन्युट नमोबुद्ध नगरपालिकाका वडा सचिव शंकरप्रसाद भट्टराईले उठाएका थिए ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख २५, शुक्रबार १८:५८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP