काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज प्रतितोला ६०० रूपैंयाँले मूल्य घटेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ७७ हजार ३०० कायम भएको छ ।
यस हप्ता आइतबार सुनको मूल्य ४ हजार ७०० रूपैंयाँले बढेकाे थियाे । साेमबार १ हजार ४०० ले घट्याे भने मंगलबार ४ हजार ५०० ले घटेकाे थियाे ।
गत हप्ता आइतबार ६०० रूपैंयाँले सुनकाे मूल्य बढेको थियाे भने साेमबार १ हजार ४०० रूपैंयाँले मूल्य बढ्याे । मंगलबार १ हजार ६०० रूपैंयाँले मूल्य घटेको थियाे । यस्तै बुधबार ३ हजार ६०० रूपैंयाँले मूल्य घट्याे भने बिहीबार ५ हजार २०० रूपैंयाँले मूल्य घटेको थियाे । शुक्रबार ८०० रूपैंयाँले बढ्याे ।
यता आज चाँदीकाे मूल्य पनि घटेको छ । १५ रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य ४ हजार २७० रुपैंयाँ कायम भएको छ ।
गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।
प्रतिक्रिया