काठमाडाैँ । चैत महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसमा फागुनको तुलनामा चैतमा मुद्दती निक्षेपको औसत ब्याजदरमा केही गिरावट आएको छ ।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटाले ब्याजदर घटाएका हुन् । बैंकहरुले हरेक महिना ब्याजदर परिवर्तन गर्ने गरेका छन् ।
फागुनमा व्यक्तिगततर्फ औसत ४ दशमलव ५६ प्रतिशत रहेको ब्याजदर चैतमा ४ दशमलव ४९ प्रतिशतमा झरेको छ।
ब्याजदर घटाउने बैंकहरुमा नेपाल बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र ग्लोबल आइएमई बैंक छन् । बाँकी १४ बैंकले फागुनकै दरलाई निरन्तरता दिएका छन् ।
प्रतिक्रिया