• २०८३ असार ३१ | Wed, 15 Jul 2026

माैसम पूर्वानुमानः बिहीबार केही क्षेत्रमा भारी वर्षाको सम्भावना

माैसम पूर्वानुमानः बिहीबार केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनी वायुको प्रभावले देशभर साधारणतया बादल लागेको छ । हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका साथै देशको पहाडी भागका केही स्थान तथा कोशी, मधेस र बागमती प्रदेशको तराई भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।

बिहीबार देशको हिमाली र पहाडी भागको केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

लुम्बिनी प्रदेशको तराई भागका पनि केही स्थानमा, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

मधेस प्रदेश र कोशी प्रदेशका तराईको एक-दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार १८, बिहीबार ०६:३४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP