• २०८३ असार ३१ | Wed, 15 Jul 2026

लेदोसहितको बाढी र पहिरोपछि वि.पि. राजमार्गमा अलपत्र परेका ५०० बढी यात्रुको उद्धार

लेदोसहितको बाढी र पहिरोपछि वि.पि. राजमार्गमा अलपत्र परेका ५०० बढी यात्रुको उद्धार

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थलीवेशी क्षेत्रमा लेदोसहितको बाढी र पहिरो जाँदा वि.पि. राजमार्ग अवरुद्ध भएको छ ।

सशस्त्र प्रहरी बल मंगलटार, काभ्रेपलाञ्चोकका अनुसार प्राकृतिक विपद्का कारण राजमार्गमा ५०० भन्दा बढी यात्रु र १०० भन्दा बढी सवारी साधन अलपत्र परेका थिए ।

अलपत्र परेका यात्रु तथा सवारी साधनको सुरक्षालाई प्राथमिकतामा राख्दै निर्माणाधीन वि.पि. राजमार्गमा सञ्चालनमा रहेका स्काभेटर तथा जेसीबी प्रयोग गरी उद्धार कार्य सम्पन्न गरिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी तथा सम्बन्धित निकायहरूको समन्वय र सक्रियतामा उद्धार कार्य सफलतापूर्वक सम्पन्न भएको तथा अलपत्र परेका यात्रु र सवारी साधनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ ।

नेपाल प्रहरीले नागरिकको सुरक्षा तथा विपद् व्यवस्थापनमा सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै वर्षायाममा यात्रा गर्दा मौसम र सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार २३, मंगलवार ०५:२८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP