• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

कतै आपराधिक गतिविधि देखिएमा टोल फ्री नम्बरमा खबर गराउनु हाेलाः सशस्त्र प्रहरी

कतै आपराधिक गतिविधि देखिएमा टोल फ्री नम्बरमा खबर गराउनु हाेलाः सशस्त्र प्रहरी

काठमाडौँ । सशस्त्र प्रहरीले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रमा शान्ति र सुव्यवस्था कायम गर्न तथा जनताको सुरक्षाका लागि आफू पूर्णरूपमा प्रतिबद्ध रहेको जनाएको छ।

सशस्त्र प्रहरी बल, नेपालले आफ्नो मुख्य जिम्मेवारी अन्तर्गत सीमा सुरक्षामा कुनै पनि किसिमको विचलन नआएको स्पष्ट पारेको छ।

हालैको विषम परिस्थितीमा पनि सशस्त्र प्रहरी संयमताका साथ देश र जनताको सेवामा खटिएको विज्ञप्तिमा उल्लेख छ।

केही व्यक्ति वा समूहले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट भ्रामक प्रचारप्रसार गर्न सक्ने वा परिस्थितीको फाइदा उठाई लुटपाट र आगजनीजस्ता आपराधिक गतिविधि गर्न सक्ने भन्दै सचेत गराएको छ।

यस्ता गतिविधिहरू कतै देखिएमा तुरुन्तै सशस्त्र प्रहरी बलको टोल फ्री नम्बर १११४ वा अन्य सुरक्षा निकायहरूमा जानकारी गराएर सहयोग गरिदिन पनि सशस्त्र प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २७, शुक्रबार ०९:२१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP