• २०८३ श्रावण १२ | Tue, 28 Jul 2026

२०८३ साउन ४ गते सोमबार, यस्तो छ आजको राशिफल

२०८३ साउन ४ गते सोमबार, यस्तो छ आजको राशिफल

२०८३ साउन ४ गते साेमबार, तदनुसार २० जुलाइ २०२६ । यस्ताे छ आजकाे राशिफलः
मेष
नयाँ काम वा व्यवसाय विस्तारको सम्भावना छ । पहिलेको मिहेनतबाट राम्रो लाभ मिल्नेछ । नयाँ अनुभवले आत्मविश्वास बढाउनेछ । अतिथि सत्कार पाइने योग छ ।
वृष
पठनपाठनमा रुचि बढ्नेछ । संकट र चुनौतीका बीच पनि हिम्मतिलो प्रयास सफल हुनेछ । गुरुजनको सहयोग र बुद्धिको प्रयोगले पुराना समस्या सुल्झिनेछन् ।
मिथुन
पारिवारिक वातावरण सुमधुर रहनेछ । योजनाअनुसार कामहरू मिल्दै जानेछन् । तर, पढाइमा ध्यान केन्द्रित गर्न केही गाह्रो पर्न सक्छ । चिसोको असर देखिन सक्छ, सजग रहनुहोला ।

कर्कट
इच्छाशक्ति बढ्नेछ । सामाजिक काममा व्यस्त हुनुपर्ने र केही खर्च बढ्ने योग छ । पारिवारिक र प्रेम सम्बन्धमा मधुरता छाउनेछ ।
सिंह
समयले साथ दिनेछ । मनको बोझ हटेर जानेछ । यद्यपि, कामको दौडधुप र आर्थिक दबाबका कारण पारिवारिक सम्बन्धमा अलि सावधानी अपनाउनुहोला । नयाँ कार्यप्रति मन आकर्षित हुनेछ ।
कन्या
आम्दानी र प्रतिष्ठा दुवैमा वृद्धि हुनेछ । रोकिएका कामहरू अघि बढ्नेछन् । मन थोरै चञ्चल हुन सक्ने भएकाले सकारात्मक सोच राख्ने प्रयास गर्नुहोला ।

तुला
सबै कुराहरू बिस्तारै मिल्दै जानेछन् । कतैबाट निमन्त्रणा पाइने योग छ । तर, स्वास्थ्य र अनावश्यक खर्चमा अलि असहजता देखिन सक्छ, सावधानी अपनाउनुहोला ।
वृश्चिक
मनमा भएको बोझ हटेर जानेछ । रोकिएका कामहरू साथीभाइको सहयोगमा सम्पन्न हुनेछन् । दीर्घकालीन लाभका लागि योजना बनाउने अनुकूल समय छ ।

धनु
व्यवसाय र कामधन्दामा अप्रत्याशित सफलता र उपलब्धि मिल्नेछ । बाँकी रहेका कामहरू एक–एक गर्दै सकिनेछन् । अनुभवी व्यक्तिको सल्लाह लिएर निर्णय गर्नु लाभदायक हुनेछ ।
मकर
कामको व्यस्तताले तनमा केही थकान महसुस हुन सक्छ । सकेसम्म महत्वपूर्ण प्राथमिकताका कामहरूमा मात्र जोड दिनुहोला । धार्मिक कार्यमा रुचि बढ्न सक्छ ।

कुम्भ
कतै यात्रा गर्ने अवसर आउन सक्छ । आज धैर्य राख्दा धेरै कुरा सजिलै मिल्नेछन् । आफ्नो अनुभव प्रयोग गर्ने मौका मिल्नेछ र घरमा शान्त वातावरण रहनेछ ।
मीन
सोचेका काम बन्नुका साथै ज्ञानमूलक क्रियाकलापमा संलग्नता बढ्नेछ । बुद्धिको सही प्रयोग गर्नाले साख जोगिनेछ । भौतिक लाभ र मानसिक सुदृढताका लागि समय राम्रो छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण ४, सोमबार ०७:११
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP