• २०८३ श्रावण १३ | Wed, 29 Jul 2026

काभ्रे एकीकृत खानेपानी आयोजना प्रभावकारी सञ्चालनबारे संयुक्त बैठक

काभ्रे एकीकृत खानेपानी आयोजना प्रभावकारी सञ्चालनबारे संयुक्त बैठक

बनेपा । काभ्रेको बनेपा नगरपालिकामा काभ्रे एकीकृत खानेपानी आयोजनाको व्यवस्थापन तथा सञ्चालनलाई प्रभावकारी बनाउने विषयमा संयुक्त बैठक सम्पन्न भएको छ ।

बनेपा नगरपालिकाको सभाहलमा आयोजित बैठकमा सांसद डा. राम लामा, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, धुलिखेल नगरपालिकाका कार्यवाहक नगरप्रमुख निराजन जंगम, बनेपा नगरपालिकाका उपप्रमुख विमला सापकोटा दाहाल, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रताप वैद्य, सम्बन्धित इन्जिनियरहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

बैठकमा काभ्रे एकीकृत खानेपानी आयोजनाको हालसम्मको प्रगति, व्यवस्थापन तथा सञ्चालनका चुनौती र समाधानका उपायबारे छलफल गरिएको थियो ।

बैठकले काभ्रे एकीकृत खानेपानी कार्यालयलाई यथाशीघ्र सञ्चालनमा ल्याउन तथा आयोजनाका बाँकी निर्माण तथा व्यवस्थापनसम्बन्धी कामहरू द्रुत गतिमा अघि बढाउन सम्बन्धित मन्त्रालयसँग आग्रह गर्ने निर्णय गरेको छ ।

सहभागीहरूले आयोजना समयमै सम्पन्न गरी प्रभावकारीरूपमा सञ्चालनमा ल्याउन सबै पक्षबीच आवश्यक समन्वय र सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण १३, बुधबार १८:४०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP