काठमाडौँ । नेपाली बजारमा आइतबार पनि सुनको मूल्यमा बृद्धि भएकाे छ । आज प्रतितोला २ हजार ८०० रूपैंयाँले मूल्य बढेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख १९ हजार ५०० रूपैंयाँ कायम भएको छ ।
गत हप्ता आइतबार ३ हजार ६०० रूपैंयाँले मूल्य बढेको थियाे भने साेमबार १ हजार ६०० रूपैंयाँकाे बृद्धि भयाे । मंगलबार मूल्य स्थिर थियाे ।
यस्तै बुधबार २ हजार ७०० रूपैंयाँले मूल्य घटेकाे थियाे । बिहीबार ९ हजार ३०० रूपैंयाँले मूल्य बढ्याे भने शुक्रबार ३ हजार ३०० रूपैंयाँले मूल्य बढेकाे थियाे ।
यता आज चाँदीकाे मूल्य भने घटेकाे छ । १० रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य ४ हजार ९७५ रुपैंयाँ कायम भएको छ ।
गत वर्ष माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।
प्रतिक्रिया