काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहत अभियानका क्रममा हालसम्म ५४६ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा ४ हजार ४७३ जना प्रहरी परिचालन गरिएको छ ।
भदौ १२ गते दिउँसो ३ बजेसम्मको विवरणअनुसार बाढी तथा पहिरो प्रभावित क्षेत्रमा १ हजार ४७३ जनाको उद्धार तथा घाइतेको विवरण प्राप्त भएको छ । उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सुरक्षा निकायका जनशक्ति परिचालन भइरहेका छन् ।
२७ प्रहरी अझै सम्पर्कविहीन
बाढी प्रभावित क्षेत्रमा खटिएका २७ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ । सम्पर्कविहीनमध्ये एक जनाको मृत्यु भएको फेला परेको विवरणमा उल्लेख छ ।
चितवनमा सबैभन्दा धेरै मानवीय क्षति
प्रहरीको विवरणअनुसार बाढी तथा पहिरोबाट मृत्यु भएकामध्ये विभिन्न जिल्लामा भएको मानवीय क्षति यस्तो छ :
रसुवा — १३ जना
धादिङ — ४० जना
गोरखा — ४४ जना
नवलपरासी पूर्व — १३४ जना
नुवाकोट — ३८ जना
चितवन — २२१ जना
तनहुँ — २९ जना
नवलपरासी पश्चिम — २८ जना
यीमध्ये चितवनमा सबैभन्दा धेरै २२१ जनाको मृत्यु भएको विवरणमा उल्लेख छ।

१ हजार ४७३ जनाको उद्धार तथा घाइतेको विवरण
उद्धार तथा राहत अभियानअन्तर्गत १ हजार ४७३ जनाको उद्धार तथा घाइतेको विवरण सार्वजनिक गरिएको छ । रसुवामा ५७२, नुवाकोटमा ८९८ र धादिङमा ३ जना रहेको विवरणमा उल्लेख छ । काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेको संख्या पनि समेटिएको छ ।

बाढीबाट प्रभावित क्षेत्रमा नेपाल प्रहरीसहित नेपाली सेना, सशस्त्र प्रहरी तथा अन्य सरकारी संयन्त्र परिचालन गरी खोज तथा उद्धारलाई निरन्तरता दिइएको छ । यसैबीच, बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिको खोजी, घाइतेको उपचार र प्रभावित परिवारलाई राहत उपलब्ध गराउने कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।
प्रतिक्रिया