• २०८३ भाद्र १३ | Sat, 29 Aug 2026

भोटेकोशी बाढीपीडितका लागि मनकामना सहकारीको १ लाख ५१ हजार १११ रुपैयाँ सहयोग

भोटेकोशी बाढीपीडितका लागि मनकामना सहकारीको १ लाख ५१ हजार १११ रुपैयाँ सहयोग

बनेपा । रसुवा जिल्लामा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि श्री मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बनेपा–५, काभ्रेले आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

सहकारी संस्थाका अध्यक्ष गोपालप्रसाद घिमिरेद्वारा जारी अपिलमा भोटेकोशी नदीमा आएको भीषण तथा आकस्मिक बाढीबाट प्रभावित नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ ।

सहकारीले बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै आफ्नो परिवारको खोजी तथा खबरको प्रतीक्षामा रहेका परिवारजनप्रति समेत ऐक्यबद्धता जनाएको छ ।

विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सहकारीका सञ्चालक, कर्मचारी तथा संस्थाको तर्फबाट ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा १ लाख ५१ हजार १११ रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरिएको छ ।

सहकारीले विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आफूले सक्ने सहयोग गर्न सबैलाई आग्रहसमेत गरेको छ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि विभिन्न संघसंस्था तथा निजी क्षेत्रबाट सहयोग घोषणा गर्ने क्रम जारी छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र १३, शनिबार १२:१६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP