काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा ह्वात्तै गिरावट आएकाे छ । आज प्रतितोला ९ हजार ५०० रूपैंयाँले मूल्य घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख ९ हजार रूपैंयाँ कायम भएको छ ।
गत हप्ता आइतबार २ हजार ८०० रूपैंयाँले मूल्य बढेकाे थियाे भने साेमबार ३ हजार २०० ले मूल्य बढ्याे । मंगलबार ५०० रूपैंयाँले मूल्य घटेकाे थियाे । यस्तै बुधबार प्रतितोला १०० रूपैंयाँले मूल्य घटेकाे सुन बिहीबार १ हजार २०० ले घट्याे । शुक्रबार भने २ हजार ४०० ले घटेकाे थियाे ।
यता आज चाँदीकाे मूल्य पनि घटेकाे छ । १८५ रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य ४ हजार ७८० रुपैंयाँ कायम भएको छ ।
गत वर्ष माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।
प्रतिक्रिया