• २०८३ भाद्र २० | Sat, 05 Sep 2026

धुलिखेल–८ बडाल गाउँमा कृष्णाष्टमीको अवसरमा कन्या पूजा सम्पन्न

धुलिखेल–८ बडाल गाउँमा कृष्णाष्टमीको अवसरमा कन्या पूजा सम्पन्न

धुलिखेल । श्री जनचेतना युवा समूह तथा बहल्टाश्वर आध्यात्मिक प्रतिष्ठान, धुलिखेल–८ बडाल गाउँको आयोजनामा कृष्णाष्टमीको अवसर पारेर कन्या पूजा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा १०२ जना कन्याको पूजा गरिएको आयोजक संस्थाका अध्यक्ष रमेशप्रसाद बडालले जानकारी दिनुभयो । धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र नयाँ पुस्तामा आध्यात्मिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।

कन्या पूजामा संस्थाका पूर्वअध्यक्षहरू उद्ववप्रसाद बडाल, साधुराम बडाल, रमेशप्रसाद न्यौपाने, बहल्टाश्वर आध्यात्मिक प्रतिष्ठानका अध्यक्ष रामहरि बडाललगायत कार्यसमिति सदस्य तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले यस्ता धार्मिक तथा सांस्कृतिक गतिविधिले स्थानीय समुदायबीच आपसी सद्भाव, एकता र सामाजिक सहकार्य बढाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए । आयोजकका अनुसार आगामी दिनमा पनि स्थानीय मौलिक संस्कृति, धार्मिक परम्परा तथा सामाजिक चेतनासँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिइनेछ ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र १९, शुक्रबार १४:३९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP