काठमाडौँ । विगत तीन वर्षदेखि स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै आयातित वस्तुको निरुत्साहन गर्न काठमाडौँ महानगर निरन्तर लागि परेकाे मेयर बालेन्द्र साहले बताएका छन् ।

यसै अन्तर्गत तिहारका लागि लक्षित गर्दै स्थानीयरुपमा उत्पादित फूलमाला बिक्री–वितरणका लागि महानगरले विशेष स्थल व्यवस्था गरेको उनले बताए । आज सामाजिक सञ्जालमा यसबारे जानकारी दिँदै उनले कात्तिक १ गतेदेखि ३२ स्थानमा स्वदेशी फूलमाला बिक्री–वितरणका लागि स्थल व्यवस्था गरेको जनाएका छन् ।
उनले भनेका छन्, ‘हामी निर्वाचित भएदेखि नै प्लास्टिकजन्य फूलमालाको बिक्री–वितरणमा रोक लगाएका थियौँ। यस तिहारमा पनि काठमाडौँ महानगरपालिकाले कर्तिक १ देखि ३२ स्थानमा स्वदेशी फूलमाला बिक्री–वितरणका लागि स्थल व्यवस्था गरेको छ। हाम्रो उद्देश्य आयातित र प्लास्टिक मालालाई पूर्णरूपमा निषेध गर्दै नेपाली किसानले उत्पादन गरेका फूलहरूलाई प्रोत्साहन र प्राथमिकता दिनु हो।

अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि किसानलाई बजारमा सहज पहुँच प्रदान गर्न, ढुवानीमा सहयोग गर्न र अवैध माला बिक्री गर्नेहरूमाथि कारबाही गर्न तयारी गरिएको छ। नेपाल चेम्बर अफ कमर्स र फ्लोरिकल्चर एसोसिएसन नेपालसँगको सहकार्यमा कोल्ड स्टोर तथा बजार क्षेत्रको अनुगमन पनि गरिनेछ। हाम्रो चाहना वास्तविक किसानले आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गरून् र उपभोक्ताले स्वदेशी फूलमै गर्व महसुस गर्न सकून् भन्ने हो।

नेपाल अहिले सयपत्री र मखमली फूलमा लगभग आत्मनिर्भर भइसकेको छ। त्यसैले, यस तिहारमा स्वदेशी फूलको प्रयोग गरौँ।आफ्नो संस्कृति, नेपालमै फुलेका फूल हाम्रो पहिचान हो, यही हाम्रो सम्मान हो।’
फूलमाला बिक्री–वितरणका लागि काठमाडौँ महानगरपालिकाले तोकेका ३२ स्थानहरू निम्नानुसार छन्:
एन.भी. सेन्टर – नयाँ बानेश्वर
बिग मार्ट – शंखमूल
आइ प्लेक्स मल – नयाँ बानेश्वर
सेल्सबेरी – मध्यबानेश्वर
फोनेक्स टावर – बत्तीसपुतली
तिनकुने चौर – तिनकुने
सिफल चौर – सिफल
एसी कम्प्लेक्स – चाबहिल
चाबहिल गणेशस्थान तरकारी बजार – चाबहिल
के.एल. टावर पूर्व – चाबहिल
चाबहिल सेन्टर अगाडि – चाबहिल
धर्म चक्र पार्क – स्वयम्भू
कालिमाटी ब्याङ्क्वेट – कालिमाटी
द्यौखेल – कालिमाटी
भाटभटेनी – कलङ्की
भ्याली कोल्ड स्टोर – नयाँ बजार
बुद्ध महल – माछापोखरी
गुणस्तर खाल्डो – माछापोखरी
वडा ५ अगाडिको डबली – हाँडीगाउँ
गणेश मन्दिर डबली – हाँडीगाउँ
कोइराला स्मार्ट – सामाखुशी, वडा २६
सेल्सबेरी – महाराजगञ्ज
बिग मार्ट – गङ्गबु
बिग मार्ट – चपलकारखाना
बिग मार्ट – बालुवाटार
आइटी भवन – कमलादी, वडा २८
स्टार मल – पुतलीसडक, वडा २८
भाटभटेनी – अनामनगर, वडा ९
टेवाल मन्दिर – सुन्धारा
काठमाडौँ महल – सुन्धारा
वडा कार्यालय निर्माण स्थल – अद्धेतमार्ग, वडा २८
बजरा कम्प्लेक्स (न्यू प्लाजा) – गुडमार्ट
प्रतिक्रिया