• २०८३ असार ३२ | Thu, 16 Jul 2026

रेडक्रस सोसाइटीको राष्ट्रिय प्रशिक्षण केन्द्र बनेपामा ल्याइए ११० सुकुम्बासी

रेडक्रस सोसाइटीको राष्ट्रिय प्रशिक्षण केन्द्र बनेपामा ल्याइए ११० सुकुम्बासी

बनेपा । काठमाडौँबाट भूमिहिन १ सय १० जना सुकुम्बासीहरुलाई व्यवस्थापन गर्न काभ्रेको बनेपा–६ स्थित नेपाल रेडक्रस सोसाइटीको राष्ट्रिय प्रशिक्षण केन्द्रमा बिहीबार ल्याइएको छ । जसमा ९ महिने शिशुदेखि ८०–९० वर्षसम्मका जेष्ठ नागरिकहरु रहेका नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोकका मन्त्री राजु सिग्देलले जानकारी दिए ।

सिन्धुलीका चुणामणि दाहाल ०५८ सालमा तत्कालिन माओवादी जनयुद्धको समयमा गाउँबाट विस्थापित भए । उनी लगायत उनको परिवार त्यसयता काठमाडौंको मनोहरा खोला किनारामा सुकुम्वासीको रुपमा टहरा बनाएर बस्दै आएका थिए । सरकारले अघिल्लो हप्ता उनीहरुको बासस्थानमा डोजर लगाइदियो । त्यसपछि उनीहरु अहिले बनेपाको रेडक्रस प्रशिक्षण केन्द्रमा आइपुगेका छन् । यहाँ पनि कहिलेसम्म बस्न पाइने हो टुंगो छैन ।

यसरी पटकपटक विभिन्न ठाउँमा बस्नुपर्दा र त्यो पनि अस्थायीरुपमा बसाइ रहनु पर्दा उनीहरु चिन्तित छन् । उनी जस्तै रेडक्रसमा हाल ११० जना सुकुम्बासी रहेका छन् । जसमा १८ वर्षमुनीका २६ जना, ६० वर्षमाथिका जेष्ठ नागरिक १५ जना, अन्य उमेर समूहका ४३ जना महिला र २६ जना पुरुष रहेका छन् । जसमध्ये नौ दिनको नाबालक १ जना, बौद्धिक अपांग १ जना र दृष्टिविहिन १ जना रहेका छन् ।

उदयपुरकी कमला दर्जी, गोर्खाकी दुर्गा कुलुङलगायतका भूमिहिनहरु पनि नेपाल रेडक्रस सोसाइटीको बुडोलस्थित तालिम केन्द्रमा आइपुगेका छन् । उनीहरु कोही बिरामी जस्ता त कोही निराश जस्ता देखिन्छन् । सरकारले खान र कोठामा बस्न त जसोतसो देला तर दिनभरि के काम गर्ने ? अनि परिवारको गुजारा सधैं यसरी कसरी चल्ला र ? रोजगारीको लागि के छ विकल्प ? यस्ता प्रश्नहरु सोधिरहेका छन् उनीहरु । खान र बस्नका लागि मात्र भएर भएन, रोजगारीका लागि पनि सरकारले व्यवस्था मिलाइदिनु पर्ने उनीहरु उनीहरुको माग छ ।

हाल अस्थायीरुपमा राखिए पनि उनीहरुलाई सरकारले छिटोभन्दा छिटो सुकुम्बासी समस्या समाधान गरेर स्थायी बसोबासको व्यवस्थापन गर्न जरुरी रहेको सरोकारवालाहरु बताउँछन् ।

सरकारले काठमाडौंको थापाथलीस्थित वागमती किनारमा रहेका सुकुम्वासीहरुलाई हटाएर बस्ती खाली गरेदेखि हाल देशभरका अतिक्रमित जमिनहरु खाली गराउने भन्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरिसकेको छ । यसपछि हाल सबै पालिकाहरुले पनि आआफ्नो क्षेत्रमा अतिक्रमित जग्गा खाली गराउन सिमांकन र नक्सांकन गर्न थालेका छन् ।

तस्बीरहरूः देवराज केसी



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख २५, शुक्रबार ०९:१५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP