• २०८३ भाद्र ३१ | Wed, 16 Sep 2026

बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि काठमाडौं विश्वविद्यालयद्वारा ८५ लाख सहयोग

बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि काठमाडौं विश्वविद्यालयद्वारा ८५ लाख सहयोग

काठमाडौँ । बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि काठमाडौं विश्वविद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८५ लाख रुपैयाँ सहयोग गरेको छ ।

विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयअनुसार काठमाडौं विश्वविद्यालयका तर्फबाट एकेडेमिया–इन्डस्ट्री कोअपरेसन विभागका प्रमुख लक्ष्मण लामाले उक्त रकम शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई हस्तान्तरण गरेका हुन् ।

विपद्का कारण ठूलो जनधनको क्षति भएको अवस्थामा प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै विश्वविद्यालयले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ ।

विश्वविद्यालयले बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउनु आफ्नो सामाजिक दायित्व भएको उल्लेख गर्दै विपद्को कठिन अवस्थामा पीडित नागरिकसँग साथ र सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।

काठमाडौं विश्वविद्यालयले शिक्षा क्षेत्रमा आफ्नो भूमिका निर्वाह गर्नुका साथै विपद् तथा सामाजिक समस्याका समयमा समुदायप्रति जिम्मेवार संस्थाका रूपमा सहयोग गर्दै आएको जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र ३१, बुधबार १९:२७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP