• २०८३ असार ३१ | Wed, 15 Jul 2026

बाढी पहिरोका कारण देशका ९ वटा सडक पूर्णरुपमा अवरुद्धः विभाग

बाढी पहिरोका कारण देशका ९ वटा सडक पूर्णरुपमा अवरुद्धः विभाग

काठमाडौँ । गए रातिदेखिकाे अविरल वर्षाले देशभरका विभिन्न ९ सडकमा आवतजावत पूर्ण अवरुद्ध भएकाे छ । सडक विभागले दिएकाे जानकारी अनुसार बाढी, पहिरोका कारण आज विभिन्न नौ सडक अवरुद्ध भएका छन् भने १५१ सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा आएको छ ।

मुलुकभरका ३७१ सडक खण्डमध्ये २११ सडक खण्ड पूर्ण खुलेका छन् । बाढी, पहिरो, डुबानले सडकमा क्षति पुग्नु, सवारी साधन आवतजावतमा समस्या हुनु, पुल बगाउनु, पुल तथा सडक निर्माण, अन्य मर्मत कार्यलगायतका कारण सडक अवरुद्ध भएको सडक विभागका सूचना अधिकृत अमितकुमार शर्माले जानकारी दिए ।

विभागका अनुसार असार २४ गते हिमताल फुटेर चीनबाट आएको बाढीका कारण गल्छी, त्रिशूली–मैलुङ–स्याफ्रुबेशी–रसुवागढी सडक खण्ड अहिले पनि पूर्णरूपमा अवरुद्ध छ । यसैगरी हुम्लाको पैमा नदीमा पानीको बहाव बढिरहेका कारण कर्णाली करिडोर दक्षिण खण्ड पनि पूर्णरूपमा अवरुद्ध छ ।

पानीको बहाव बढिरहेको र पुल निर्माण भइरहेका कारण उत्तर–दक्षिण कोशी राजमार्ग पनि पूर्णरूपमा अवरुद्ध भएको विभागको तथ्याङ्कमा उल्लेख छ । गत साउन ६ गते बेलिब्रिज बाढीले बगाएका कारण तमोर करिडोरको चतुरा–मुलघाट–माझीटार–अमरापुर डाँडा–गणेशचोक सडक खण्ड अवरुद्ध भएको विभागले जनाएको छ ।

तातोपानी–टिमुरेस्थित ठोरी–रसुवागढी सडक पनि पूर्णरूपमा अवरुद्ध भएको र हाल पहिरो पन्छाउने काम भइरहेको छ । पश्चिम रुकुमको भेरी करिडोर अन्तर्गत छिन्चु–मरिम सडक खण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको र लेदो पहिरो पन्छाउने काम भइरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र १२, बिहीबार १३:४८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP