• २०८३ असार ३१ | Wed, 15 Jul 2026

लिपुलेक हाम्रै भएकाे कुरा चीनलाई सम्झाउन बालेन्द्र साहद्वारा प्रधानमन्त्रीलाई अनुराेध

लिपुलेक हाम्रै भएकाे कुरा चीनलाई सम्झाउन बालेन्द्र साहद्वारा प्रधानमन्त्रीलाई अनुराेध

काठमाडाैं । आजदेखि चीन भ्रमणमा जानुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठमाडाैं महानगरका प्रमुख बालेन्द्र साहले लिपुलेक हाम्रै भएकाे कुरा चीनलाई सम्झाउन अनुराेध गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा शुभकामना सन्देश लेख्दै मेयर साहले यस्ताे अनुराेध गरेका हुन् । उनले भनेका छन्, ‘चीन भ्रमणको शुभकामना प्रधानमन्त्री ज्यु । नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला । All the best हामीलाई तपाईंमाथि पूर्ण बिश्वास छ।

प्रधानमन्त्री ओली आजदेखि ५ दिने चीन भ्रमणका लागि प्रस्थान गरिसक्नु भएकाे छ । उहाँ चीन गएसँगै कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी भने उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिइएकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र १४, शनिबार ०३:४३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP