• २०८३ असार ३२ | Thu, 16 Jul 2026

आजकाे माैसमः देशका केही भागमा भारी वर्षाको सम्भावना

आजकाे माैसमः देशका केही भागमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

मधेश प्रदेशका थोरै र लुम्बिनी प्रदेशका तराईका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

आज राति कोशी प्रदेश, मधेश प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू‍भागमा आंशिक बदली रहने सम्भावना छ।

कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र १९, बिहीबार ०१:०१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP