• २०८३ असार ३२ | Thu, 16 Jul 2026

नेपाल रेडक्रस साेसाइटीले मनायाे आफ्नाे ६३ औं स्थापना दिवस

नेपाल रेडक्रस साेसाइटीले मनायाे आफ्नाे ६३ औं स्थापना दिवस

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले आज आफ्नाे ६३ औं स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी मनाएकाे छ।

‘मानवताको पक्षमा’ भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी विश्व रेडक्रस अभियानको अभिन्न अङ्गको रूपमा २०२० सालमा आजकै दिन स्थापना भएको थियो । नेपाल रेडक्रसले देशभरि मानवीय सेवाका विविध कार्य गर्दै आइरहेको छ।

नेपालको सबैभन्दा ठूलो मानवीय संस्थाको रूपमा रहेको यस सोसाइटीका करिब ११ लाखभन्दा बढी स्वयंसेवक मानवीय सेवाका कार्यमा तल्लिन रहेका सोसाइटीका निमित्त कार्यकारी निर्देशक धर्मदत्त विडारीले जानकारी दिए । हाल यस सोसाइटीको सात प्रदेश समिति, ७७ जिल्ला शाखा, १ हजार ६२३ उपशाखा, ११५ सहयोग समिति र ६ हजार ५८७ जुनियर तथा युवा सर्कलसहितको साङ्गठनिक संरचना छ ।

आपत्कालीन परिस्थितिको तयारीस्वरूप, नेपाल रेडक्रसले हाल १ केन्द्रीय, ६ प्रदेशस्तरीय र ५ उपक्षत्रीय गोदामको साथै सबै जिल्ला शाखामा आवश्यक उद्धार तथा राहत सामग्रीको भण्डारणको व्यवस्था मिलाएको छ । यसैगरी एम्बुलेन्स सेवाअन्तर्गत, ६५ शाखा, उपशाखा र सर्कलमार्फत १९६ स्थानबाट सञ्चालनमा रहेका दुई सय ४२ एम्बुलेन्सद्वारा विगत एक वर्षमा करिब ८६ हजार चार सय बिरामी तथा घाइतेलाई सेवा प्रदान गरिएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र १९, बिहीबार ११:५९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP