• २०८३ असार ३१ | Wed, 15 Jul 2026

हत्या गरेको अभियोगमा रोल्पा र खोटाङमा दुई जना पक्राउ

हत्या गरेको अभियोगमा रोल्पा र खोटाङमा दुई जना पक्राउ

काठमाडौँ । हत्या गरेको अभियोगमा रोल्पा र खोटाङमा दुई जना पक्राउ परेका छन् ।

रोल्पामा आफ्नै श्रीमती ५२ वर्षीया रीमा परियारको हत्या गरेको अभियोगमा रून्टीगढी गाउँपालिका-५ जस्पुर बस्ने ४८ वर्षीय अमराज दमाईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अमराजले कुटपिट गर्दा रीमा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएकी रीमाको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचारको क्रममा मृत्यु भएको हो ।

उता खोटाङकाे दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-९ सिगाने बस्ने ५८ वर्षीय पदम रोक्काको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५० वर्षीय दिलकुमार भुजेललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

वादविवादको क्रममा दिल कुमारले कुटपिट गर्दा पदमको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी निर्मलीडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ पुष ६, आईतवार ११:३२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP