• २०८३ असार ३१ | Wed, 15 Jul 2026

भुम्लुमा भूमि प्रशासन व्यवस्थापन कार्यालय उद्घाटन, अध्यक्ष भुजेलले भने,-‘गाउँमै सिंहदरबारको अनुभूति’

भुम्लुमा भूमि प्रशासन व्यवस्थापन कार्यालय उद्घाटन, अध्यक्ष भुजेलले भने,-‘गाउँमै सिंहदरबारको अनुभूति’

भुम्लु । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा भूमि प्रशासन व्यवस्थापन (मालपोत तथा नापी) कार्यालयको उद्घाटन गरिएको छ । कार्यालय उद्घाटनपछि गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले संघीय लोकतान्त्रिक गणतन्त्रले जनतालाई घरदैलोमै सेवा उपलब्ध गराउने अवसर सिर्जना गरेको बताएका छन् ।

अध्यक्ष भुजेलले आफूलगायत हजारौँ क्रान्तिकारी योद्धाहरूले “बाँचे गणतन्त्र, मरे अमर सहिद” भन्ने दृढ संकल्पका साथ गरेको संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिफलस्वरूप स्थानीय सरकारमार्फत जनताले सहज सेवा प्राप्त गर्न थालेको उल्लेख गरे ।

उनले विगतमा सामान्य प्रशासनिक सेवाका लागि पनि जिल्ला सदरमुकाम पुग्नुपर्ने, रु. १०० को कामका लागि रु. ५ हजारसम्म खर्च गर्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै अब त्यस्ता सेवा गाउँमै उपलब्ध हुने बताए । “गाउँ–गाउँमा सिंहदरबारको अनुभूति गराउने अभियानअन्तर्गत मालपोत तथा नापी सेवा स्थानीय तहबाटै सञ्चालन हुन थालेको छ,” उनले भने ।

अध्यक्ष भुजेलले यो उपलब्धि जनताको लामो संघर्ष, त्याग, बलिदान र लोकतान्त्रिक व्यवस्थाको महत्वपूर्ण प्रतिफल भएको उल्लेख गर्दै स्थानीय सरकारलाई अझ प्रभावकारी, जनमुखी र सेवामुखी बनाउँदै जनताको विश्वास जित्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउने मन्त्रालयका सचिव मदन भुजेललगायत सम्बन्धित कर्मचारी, जनप्रतिनिधि तथा सरोकारवालाप्रति उनले धन्यवाद ज्ञापन गरे । साथै भुम्लु गाउँपालिकावासी सम्पूर्ण जनसमुदायलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे ।

नवनिर्मित भूमि प्रशासन व्यवस्थापन कार्यालय सञ्चालनमा आएपछि भुम्लुका नागरिकले जग्गा प्रशासन, नापी तथा मालपोतसम्बन्धी सेवाका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको उनले कालाेटाेपी डटकमलाई बताए ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार १०, बुधबार ०६:१२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP