• २०८३ असार ३१ | Wed, 15 Jul 2026

हाल नेपालमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैनः महाशाखा

हाल नेपालमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैनः महाशाखा

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।

देशका तराई भूभागका केही स्थानहरूमा तुवाँलो लागेको छ भने पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली लाग्ने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।

आज राति तराईका केही स्थानहरूमा हुस्सु रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ २, शुक्रबार ०१:१४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP