• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

समाजसेवी नारायणकाजी श्रेष्ठद्वारा विद्यार्थीलाई न्यानो पोशाक वितरण 

समाजसेवी नारायणकाजी श्रेष्ठद्वारा विद्यार्थीलाई न्यानो पोशाक वितरण 

चौतारा । सिन्धुपाल्चोक बलेफी गाउँपालिका–६ स्थित श्री सातकन्या आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालय पोशाक (ट्र्याक सेट) वितरण गरिएको छ।

नेकपा एमाले बलेफी गाउँपालिका अध्यक्ष तथा समाजसेवी नारायणकाजी श्रेष्ठको आर्थिक सहयोगमा उक्त कार्यक्रम आइतबार सम्पन्न भएको हो ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका संयोजक सुशीला पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रम बलेफी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष तेजबहादुर पराजुलीको विशेष उपस्थितिमा न्यानो पोशाक वितरण कार्य सम्पन्न भएको थियो।

बलेफी गाउँपालिका वडा नं. ६, अधेँरी निवासी समाजसेवी तथा शैक्षिक व्यक्तित्व श्रेष्ठको सहयोगमा बालविकासदेखि कक्षा ८ सम्म अध्ययनरत करिब ८५ जना विद्यार्थीहरूलाई विद्यालयमै न्यानो  पोशाक वितरण गरिएको हो।

कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारी, विद्यालय व्यवस्थापन समिति र शिक्षा अभिभावक समितिका पदाधिकारीहरू, अभिभावकहरू, वडा सदस्यहरू साथै स्थानीय बुद्धिजीवी तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष तेजबहादुर पराजुलीले विद्यार्थीहरूको शैक्षिक निरन्तरता कायम राख्न यस्ता सहयोगात्मक कार्यक्रम अत्यन्तै प्रभावकारी हुने बताउनुभयो।

त्यसैगरी न्यानो पोशाक वितरण गर्दै समाजसेवी श्रेष्ठले जाडोयाममा बालबालिकाहरू नियमितरूपमा विद्यालय उपस्थित हुन सहज होस् भन्ने उद्देश्यले सहयोग गरिएको बताउनुभयो।

विद्यालय परिवारले सहयोगी मनका धनी नारायणकाजी श्रेष्ठको उत्तरोत्तर प्रगति, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै आगामी दिनहरूमा पनि विभिन्न शैक्षिक तथा सामाजिक क्षेत्रमा निरन्तर सहयोगको अपेक्षासहित हार्दिक धन्यवाद तथा शुभकामना व्यक्त गरेको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष २०, आईतवार १४:१३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP