काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज घटेको छ भने कारोबार रकम बढेको छ। नेप्से परिसूचक ६.५५ अंकले घटेर २ हजार ७ सय १९.७७ विन्दुमा कायम भएको हो ।
बुधबार ४ अर्ब ७२ करोडको कारोबार भएकोमा बिहीबार ३ सय १७ वटा कम्पनीका १ करोड २७ लाख कित्ता शेयर ५ अर्ब १४ करोडमा किनबेच भए ।
बिहीबार म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेको छ । १ सय ६५ वटा कम्पनीको शेयर घटेकोमा ८५ वटाको बढेको छ भने एउटाको घटबढ भएन ।
आज बाराही हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै ३.८३ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन बिहीबार हिम स्टार ऊर्जा कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
प्रतिक्रिया