• २०८३ असार ३२ | Thu, 16 Jul 2026

चितवनका चेपाङ समुदायले सामूहिकरुपमा मनाए ‘न्वाङ्गी पर्व’

चितवनका चेपाङ समुदायले सामूहिकरुपमा मनाए ‘न्वाङ्गी पर्व’

चितवन । चितवनका चेपाङ समुदायले सामूहिकरुपमा न्वाङ्गी (छोनाम) पर्व मनाएका छन्।

यहाँको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा आइतबार देशभरका चेपाङ भेला भएर सामूहिकरूपमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी न्वाङ्गी मनाएका हुन्।

उनीहरुले बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठको प्रमुख आतिथ्यतामा न्वाङ्गी पर्व मनाएका हुन् । मन्त्री श्रेष्ठले ढ्याङ्ग्रो ठोकेर कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा उनले चेपाङ जातिको उत्थान र संस्कृतिको संरक्षणका लागि बागमती प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले न्वाङ्गी पर्व चेपाङ समुदायको संस्कृति संरक्षणका लागि महत्त्वपूर्ण रहने बताए । सो अवसरमा चेपाङ झाँक्री (पान्दे)लगायत चेपाङ समुदायको संस्कृतिमा आधारित सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो।

नेपाल चेपाङ सङ्घका केन्द्रिय अध्यक्ष गोविन्दराम चेपाङले न्वाङ्गी पर्व चेपाङ समुदायले परापूर्वकालदेखि मनाउँदै आइरहेको पर्व रहेको बताए। पहिले गाउँगाउँमा भेला भएर मनाउँदै आए पनि विस्तारै लोप हुँदै जान थालेपछि सङ्घको अगुवाइमा देशरभरका चेपाङलाई भेला गरी २०६३ सालदेखि सामूहिकरूपमा मनाउन सुरु गरिएको जानकारी दिए।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २३, सोमबार ०१:२२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP