काठमाडाैं । नेपाली सेनाकाे शीर्ष नेतृत्व र ‘जेनजी’ प्रतिनिधिहरूबीच आज औपचारिक वार्ता हुने भएको छ।
गएराति जेनजी प्रतिनिधिहरूले प्रधानसेनापति अशोकराज सिग्देलसँग सामान्य तहमा कुराकानी गरेपछि आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितीमा औपचारिक वार्ता हुँदैछ।
आज हुने वार्तामा नयाँ सरकार गठनदेखि आगामी प्रक्रियाका विषयमा पनि छलफल हुनेछ। जेनजी आन्दोलनकारीले नागरिक सरकार गठन र नयाँ चुनावको माग गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीको राजीनामापछि जेन–जी प्रदर्शनकारीलाई वार्तामा आउन आह्वान गरेकामा राति सेनाले पनि आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेको छ ।
प्रतिक्रिया