• २०८३ असार ३१ | Wed, 15 Jul 2026

नेप्से असोज २ गतेसम्म बन्द हुने

नेप्से असोज २ गतेसम्म बन्द हुने

काठमाडौं । पुँजीबजार आगामी साताभर बन्द रहने भएको छ। जेनजी आन्दोलनका कारण यो साता तीन दिन कारोबार स्थगित गरिएको थियाे ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज एक सूचना जारी गर्दै असोज २ गतेसम्म धितोपत्र बजार कारोबार बन्द रहने जनाएको हो ।

“धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९० उपदफा (१) खण्ड (घ) बमोजिम आज मिति २०८२ भदौ २७ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएअनुसार मिति २०७२ भदौ २९ देखि मिति २०८२ असोज २ गतेसम्म धितोपत्रको दोस्रो बजार कारोबार बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ”, नेप्सेको सूचनामा भनिएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २७, शुक्रबार १२:२२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP