• २०८३ असार ३१ | Wed, 15 Jul 2026

सबै सरोकारवालाहरूमा मानव अधिकार आयोगकाे नाै बुँदे आह्वान

सबै सरोकारवालाहरूमा मानव अधिकार आयोगकाे नाै बुँदे आह्वान

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनको जगमा नयाँ सरकार गठन भइसकेको अवस्थामा सबैका लागि ९ बुँदे आह्वान गरेको छ। आयोगले आफ्ना मागहरू लोकतान्त्रिक विधि र प्रक्रिया अनुरूप शिष्टतापूर्वक राख्न आह्वान गरेको छ।

जेनजी प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको पोस्टमार्टम, दाहसंस्कार तथा पीडित परिवारलाई राहतलगायतका कार्यमा विशेष ध्यान दिन तथा देश, जनता, लोकतन्त्र, मानव अधिकार र विधिको शासनलाई केन्द्रमा राखी सबै सरोकारवालाहरूको सहभागितामा आगामी कार्यहरू अगाडि बढाउन पनि आयोगले आह्वान गरेको छ ।

मुलुकमा पछिल्लो समय विकसित घटनाक्रम र त्यसको निकास प्रयासलाई राष्ट्रिय मानव अधिकार आयोगले नजिकबाट नियालिरहेको जनाएकाे छ। नयाँ सरकार गठनसमेत भइसकेको वर्तमान सन्दर्भमा आयोग सम्बन्धित सबैलाई निम्न बमोजिम आह्वान गर्दछ ।

यस्ताे छ आयोगले जारी गरेकाे ९ बुँदे आह्वान

– जेनजी प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको पोस्टमार्टम, दाहसंस्कार तथा पीडित परिवारलाई राहतलगायतका कार्यमा विशेष ध्यान दिन,

– देश, जनता, लोकतन्त्र, मानव अधिकार र विधिको शासनलाई केन्द्रमा राखी सबै सरोकारवालाहरूको सहभागितामा आगामी कार्यहरू अगाडि बढाउन,

– अन्योलपूर्ण अवस्थालाई तात्विक निष्कर्षमा पुर्‍याउन सबैले धैर्य र संयमतापूर्वक अगाडि बढ्न,

– विकसित परिस्थितिमा आम सर्वसाधारणको मानव अधिकारको उपभोगमा आइपर्ने अवरोधहरूको पहिचान गरी त्यस्ता अवरोधहरू हटाउन प्रभावकारी कार्य गर्न,

– आफ्ना अभिव्यक्तिहरू सार्वजनिक गर्दा अरूको अधिकारको सम्मान गर्दै शिष्टता र नम्रतापूर्वक सम्प्रेषण गर्न तथा द्वन्द्व हिंसालाई प्रश्रय दिने अभिव्यक्ति नदिन,

– आफ्ना मागहरू लोकतान्त्रिक विधि र प्रक्रिया अनुरूप शिष्टतापूर्वक राख्न,

– सङ्कटको अवस्थामा हुन सक्ने कालोबजारी र कृत्रिम अभावलाई नियन्त्रण गरी दैनिक उपभोग्य सामग्री र सेवालाई सुचारुरूपले सञ्चालन गर्न तथा आम नागरिकहरूको आवतजावतलाई सहज बनाउन,

– सङ्कटपूर्ण अवस्थालाई सामान्यीकरण गर्न सबै संघसंस्था र नागरिक समाजले जिम्मेवार नागरिकको आफ्नो दायित्व पूरा गर्न ।

– प्रदर्शनको क्रममा भएका आगजनी र तोडफोडबाट भएको क्षतिको विवरण सङ्कलन गरी भौतिक पुनर्निर्माण र सेवा प्रवाहमा जोड दिन,



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र ३०, सोमबार १०:२१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP