काठमाडौँ । सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनमा मारिएकाहरूप्रति शोक मनाउन असोज १ गते शाेक बिदा दिने निर्णय गरेको हो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले आज पदभार ग्रहण गरेलगत्तै उक्त घाेषणा गरेका थिए । यो निर्णयलाई अब बस्ने मन्त्रिपरिषद्को बैठकबाट औपचारिकता दिइने बताए अनुसार आजैकाे बैठकले निर्णय अनुमाेदन गरेकाे हाे ।
साथै सरकारले जेनजी आन्दोलनमा शहीद भएका व्यक्तिका परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने पनि निर्णय गरेकाे छ ।
प्रतिक्रिया