काठमाडौँ । २०८२ साल आश्विन १० गते शुक्रबार । तदनुसार २६ सेप्टेम्बर २०२५ चतुर्थी तिथी १ घडी ५१ पला पञ्चमी तिथी प्रारम्भ हुनेछ । बिशाषा नक्षत्र ३४ घडी ५१ पला उप्रान्त अनुराधा नक्षत्र प्रारम्भ हुनेछ । बिष्कुम्भ योग बयब करण आज बिहान सूर्योदय ५:५५ मा भयो भने सूर्यास्त साँझ ५:५३ मा हुनेछ। आज शुक्रबार चन्द्रमा तुला राशिमा ।
मेष राशि
आयमा बृद्धि भएर जानेछ। शत्रु पक्षबाट तपाईंकै जीत हुनेछ। पराक्रम बढ्नुका साथै मातृ स्वास्थ्यमा सुधार भएर जाने देखिन्छ । भोजभतेरमा सहभागी हुने योग छ ।
वृष राशि
न्यायिक कार्यमा बाधा आउनेछ। लेखनशैलीमा कमी आउने योग छ । झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ। अनावश्यकरुपमा चिन्ता बढेर जानेछ।
मिथुन राशि
बोलीमा कठोरता आउनेछ । मानसम्मानमा आघात पुग्नेछ। पशु तथा चौपायामा हानी हुनुका साथै जागिरमा अपजसको सामना गर्नुपर्ने देखिन्छ । अनावश्यक विवादमा फसिने योग छ।
कर्कट राशि
व्यापार व्यवसायमा राम्रै आम्दानी गर्न सकिनेछ । भौतिक साधनको खरिद गरिने योग छ। शत्रुपक्षबाट तपाईंकै जीत हुने देखिन्छ । पठनपाठनमा सफलता प्राप्त हुनाले मनमा खुसी छाउने छ।
सिंह राशि
पारिवारिक सरसहयोग बढेर जानेछ । अध्ययनमा सफलता पाइने योग छ । बोलीमा माधुर्यता छाउनेछ । आर्थिक लेनदेनमा सुधार भएर जाने देखिन्छ । नयाँ साथीको आगमनले मनमा खुसी छाउने छ।
कन्या राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । पुराना साथीभाइसँग भेटघाट हुने योग रहेको छ । व्यापार व्यवसायमा प्राप्त सफलताले सबैको प्यारो बनिने योग छ।
तुला राशी
माङ्गलिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। सामाजिक उत्तरदायित्व बढेर जानेछ । फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ। पारिवारिक सहयोगले नयाँ कार्यको थालनी हुनेछ।
वृश्चिक राशि
पारिवारिक कलह बढेर जानेछ । पठनपाठनमा बाधा आउने देखिन्छ। अनावश्यकरुपमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ । झुट्टा आरोपको सामना गर्नुपर्दा मनमा चिन्ता बढेर जानेछ ।
धनु राशि
लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ। सामाजिक काममा सफलता पाइने योग छ । पैत्रिक सम्पत्तिमा बृद्धि हुनाले मनमा उत्साह बढेर जानेछ।
मकर राशि
झुटा आरोपको सामना गर्नुपर्नेछ । लेखनशैलीमा कमी आउने देखिन्छ । दाजुभाइमा अनावश्यकरूपमा वादविवादको सामना गर्नुपर्नेछ । मातृस्वास्थ्यमा उतारचढाव आउनेछ।
कुम्भ राशि
सवारी साधनबाट जोगिनुपर्नेछ। विश्वास गरेका आफन्तबाट धोका पाइने योग छ। चोटपटकको सम्भावना बढेर गएको छ । कुरा काट्नेहरु सक्रिय रहनेछन् । लेखन शैलीमा कमी आउने देखिन्छ।
मीन राशि
इलेक्ट्रिकसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिनेछ । आफन्तको सहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउनाले मनमा खुसी छाउनेछ।
प्रतिक्रिया